Information is intelligence
HomeNewsकाठमाडौँ उपत्यकाका नदीहरुमा आएको बाढीले आसपासका बस्तीहरुमा क्षति, २ सय ३२ जनाको...

काठमाडौँ उपत्यकाका नदीहरुमा आएको बाढीले आसपासका बस्तीहरुमा क्षति, २ सय ३२ जनाको उद्धार

- Advertisement -spot_img

काठमाडौँ — आइतबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरुमा आएको बाढीले आसपासका बस्तीहरुमा क्षति पुर्‍याएको छ । नदी आसपासका दर्जनौँ सुकुम्बासी बस्ती डुबानमा परेका छन् ।

काठमाडौंको टंकेश्वर क्षेत्रमा सोमबार बिहान पसेको बाढीले फलफूलमा क्षति पुर्‍याएपछि जोगाउन प्रयासमा व्यवसायी । तस्बिर : इलिट जोशी/कान्तिपुर

अस्थायी टहरा र पालमुनि बसिरहेका श्रमिकहरुको बास प्रभावित भएको छ । काठमाडौंका मूलपानी, मनोहरा, थापाथली, बल्खु लगायत क्षेत्रमा डुबान भएको छ भने धोबीखोलामा पानीको सतह बढेर मैतीदेवी, अनामनगर क्षेत्र जलमग्न बनेको छ । भक्तपुरको मनोहरामा आएको बाढीले आसपासको सुकुम्बासी बस्ती डुबानमा परेको छ । त्यस्तै, ललितपुरको सानेपा, कालोपुल क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

उपत्यकाका विभिन्न नदीमा आएको बाढीका कारण ३ सय ८५ घर डुबानमा परेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठोरले जानकारी दिए । ‘राति देखि नै डुबान भयो । हामीले सहयोग माग्दै झण्डे डेढ सय कलहरु आए । प्रहरी रातिदेखि नै खटिएको छ,’ एसपी राठोरले भने, ‘अहिलेसम्म २ सय ३२ जनाको उद्धार भएको छ । अहिलेसम्म त्यस्तो अप्रिय भएको छैन ।’

बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु