Information is intelligence
HomeAgricultureअसिना पानीले स्याउ उत्पादनमा कमी हुँदा कृषक मारमा

असिना पानीले स्याउ उत्पादनमा कमी हुँदा कृषक मारमा

- Advertisement -spot_img

मुगु – स्याउ उत्पादनको भण्डार मानिने मुगु जिल्लाको ताल्चा क्षेत्रमा लगाइएका कृषकका स्वाउ यो वर्ष असिना पानीले गर्दा उत्पादनमा निकै कमी आउँदा कृषकहरू मारमा परेका छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ ताल्चामा रहेको २ दर्जन कृषकहरू हरेका बर्ष स्वाउ उत्पादन बाट घर खर्च बालबच्चा पढाइ लेखाइ जिवीकाको निर्वाह गर्दै आइरहेका थिए । यो बर्ष चौत्र बैशाख महिनामा स्याउ फूल फुल्र्ने समयमा असिना पानिले फुल झार्दा र बर्खाको समयमा लगातार वर्षात हुँदा स्याउ उत्पादनमा कर्मी आएको छ । उत्पादन भएका फलहरू साना, काला, स्वाद नभएको हुँदा स्याउका दाना भएको हुँदा यो बर्ष स्याउबाट निकै घाटा भएको कृषकहरूको गुनासो छ ।

आफूसँग १ सय ५० भन्दा बढी स्वाउका फललाग्र्ने बिरुवामा चैत वैशाखमा फूल फुल्ने समयमा असिना पानिले असर पारेको थियो भर्ने बर्खाको समयमा आकासे पानिले थप समस्या पार्दा ताल्चा क्षेत्रमा लगाएका सबै कृषकका स्याउमा असर परेको छ । यो वर्ष स्याउ बगैंचामा स्याउका पूरै बोटा खाली छन् केही फल दिएका बिरुवामा पनि निकै साना दाना लागेको छन गर्त वर्ष भन्दा यो बर्ष स्वाउबाट निकै घाटा भएको छ । साना दानालाई भुजा बताएर स्याउका सुकुटी बनाउर्ने गरेका छौं । असिना पानि बाट बचेका स्वाउ स्वादीले नभएको स्वाउ कृषक मणिचन्द्र भामले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु