Information is intelligence
HomeNewsईडीभी परेका ६ जनालाई नक्कली प्रमाण पत्र पेस गरेको आरोपमा पक्राउ

ईडीभी परेका ६ जनालाई नक्कली प्रमाण पत्र पेस गरेको आरोपमा पक्राउ

- Advertisement -spot_img

अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका ६ जनालाई नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाका ३५ वर्षीय सुमितरत्‍न गुभाजु, मोरङका ३५ वर्षीय अमरबहादुर कटुवाल, नवलपरासीका ३० वर्षीय नरेश केसी, नवलपरासीका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेका ३३ वर्षीय दीप विष्ट र काठमाडौँ टेकुका २३ वर्षीय सोहिली शाही रहेका छन् ।

प्लस टु उत्तीर्ण नगरेका उनीहरुले डिभी परेपछि प्लस टुको नक्कली प्रमाण पत्र बनाएका थिए । उनीहरूले बुझाएको शैक्षिक प्रमाण पत्रमा शङ्का लागेपछि नेपालमा रहेको अमेरिकी दूतावासको कन्सुलर शाखाले ती विवरण प्रहरीमा पठाएको थियो । प्रहरीले उनीहरूलाई भदौ १८ मा काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु