Information is intelligence
HomeShare Bazarसेयर बजारमा उत्पन्न पछिल्लो अवस्थाबारे अर्थमन्त्री र गभर्नरबीच टेलिफोन कुराकानी

सेयर बजारमा उत्पन्न पछिल्लो अवस्थाबारे अर्थमन्त्री र गभर्नरबीच टेलिफोन कुराकानी

- Advertisement -spot_img

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ। राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन्। 

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन्। उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन्। 

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएको अर्थमन्त्रालयले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु