Information is intelligence
HomeNewsएकै परिवारका ६ जनाको हत्या, प्रहरीले अनुसन्धान गर्दै

एकै परिवारका ६ जनाको हत्या, प्रहरीले अनुसन्धान गर्दै

- Advertisement -spot_img

सङ्खुवासभाको मादी नगरपालिका १ को खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । 

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा बिहान पौने १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो ।

तेजबहादुरको ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका छन् । घटनास्थल सदरमुकामबाट झण्डै तीन घण्टाको दूरीमा पर्छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु