Information is intelligence
HomeShare Bazarतेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट कहिले हुन्छ ? यस्तो छ ताजा अपडेट

तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट कहिले हुन्छ ? यस्तो छ ताजा अपडेट

- Advertisement -spot_img

तेह्रथुम पावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने सम्भावना रहेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।

क्यापिटलका अनुसार आज सोमबार (भदौ २१ गते) प्रि–अलोटमेन्ट सम्पन्न गरी बुधबार बाँडफाँट गर्ने तयारी भएको छ । यद्दपि, समय र स्थानको भने टुंगो भने लागिसकेको छैन । यता, तेह्रथुमको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

यसमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ४४ हजार कित्तालाई आधार मान्दा ७४ हजार ४०० हजार आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २३ लाख २१ हजार ९४८ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । 

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु