Information is intelligence
HomePoliticsसरकार घरको बाघ वनको स्याल जस्ताे भएकाे : अध्यक्ष ओली

सरकार घरको बाघ वनको स्याल जस्ताे भएकाे : अध्यक्ष ओली

- Advertisement -spot_img

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई ‘घरको बाघ, वनको स्याल’ भएको टिप्पणी गरेका छन् । सोमबार राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै उनले तुइन फुस्काएर नेपाली युवालाई नदीमा खसाइदिएको घटनाका सन्दर्भमा सरकारले भारतसँग कुरा नगरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । आफ्ना नागरिक मारिँदाखेरी पनि चुइँक्क बोल्न पनि यो कस्तो सरकार भन्दै उनले सरकारको आलोचना गरे ।
ओलीले आवाज उठाउने युवालाई यातना दिइएको भन्दै सरकार नालायक भएको समेत टिप्पणी गरे । देश र राष्ट्रियताको लागि बोल्ने युवाहरुलाई थुन्ने र यातना दिने काम गरेको भन्दै उनले सरकार नालायक बन्दै गएको टिप्पणी गरेका हुन् । दार्चुलाको घटना र एमसीसीका विषयमा पछिल्लो समय युवाहरुले दिनहुँ गर्ने गरेको प्रदर्शन रोक्न सरकारले देखाएको सक्रियताप्रति उनले यस्तो बताएका हुन् ।
यस्तै एमाले अध्यक्ष ओलीले स–साना जुम्राहरु मिलेर एमालेलाई लखेट्न खोजेको आरोप लगाए । एमालेबाट फुटेर गएका माधव नेपाल समूहप्रति लक्षित गर्दै उनले जुम्राहरु मिलेर लखेट्न खोजेको आरोप लगाएका हुन् । सरकारबाट एमाले हटेको भए पनि जनताले एमाले खोजेको उनको दाबी थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु