Information is intelligence
HomeSportsनेपालका तीन खेलाडीले गरे एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु, डेब्युमै विक्रमको रेकर्ड

नेपालका तीन खेलाडीले गरे एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु, डेब्युमै विक्रमको रेकर्ड

- Advertisement -spot_img

नेपालले आज(मंगलबार) पपुवा न्युगीनीसँग एक दिवसीय अनतर्राष्ट्रिय खेल खेल्दैछ । यहि खेलमार्फत नेपालका कुशल भुर्तेल, आशिफ शेख र विक्रम सोबले एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्  । 

कुशल भुर्तेल र आशिफ शेखले भने टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि खेलिसकेका छन् । नेपालका तर्फबाट विक्रम सोबको भने पहिलो अन्तर्राष्ट्रिय खेल हो । 

नेपालले पपुवा न्युगीनीसँग टस हारेर फिल्डिङ गरिरहेको छ । विक्रम सोबले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेलको पहिलो बलमै विकेट लिँदै नेपालका लागि रेकर्ड बनाइ सकेका छन् ।

सोबले आफ्नो स्पेलको पहिलो ओभरको पहिलो बलमा पीएनजीका टोनी उरालाई बोल्ड गर्दै आउट गरेका थिए । यस्तै उनले आफ्नो स्पेलको दोस्रो ओभरको अन्तिम बलमा पीएनजीका कप्तान असद भालालाई पनि आउट गरेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युको पहिलो बलमा विश्वका विभिन्न २७ जना खेलाडीले विकेट लिएका छन् । नेपालका लागि भने सोब यस्तो रेकर्ड राख्ने पहिलो खेलाडी हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु