Information is intelligence
HomeScience & Technologyटेलिग्रामले गर्याे ह्वाट्सएपको नयाँ फिचरमा ट्रोल

टेलिग्रामले गर्याे ह्वाट्सएपको नयाँ फिचरमा ट्रोल

- Advertisement -spot_img

म्यासेजिङ एप ह्वाट्सएप र टेलिग्राम एक अर्काका प्रतिस्पर्धी हुन् । प्रविधि र प्रयोगकर्ताको गोपनीयताका हिसाबले यी दुवै एपलाई उत्कृष्ट म्यासेजिङ एपको रुपमा लिइँदै आइएको छ । जसका प्रयोगकर्ता अर्बौं रहेका छन् ।

यस्तोमा यी दुई एपबीच हुने प्रतिस्पर्धा धेरैपटक सामाजिक सञ्जालमार्फत बाहिरिने गरेकै हो । त्यही क्रम फेरि पनि दोहोरिएको छ ।

ह्वाट्सएपले अघिल्लो हप्तामात्रै एन्ड्रोइड र आईओएसबीच ह्वाट्सएपको हिस्ट्री ट्रान्सफर गर्न सकिने फिचर उपलब्ध गराएको छ ।

ह्वाट्सएपले ल्याएको उक्त फिचरलाई लिएर टेलिग्रामले ट्रोल बनाएको छ । उसले ‘ह्वाट्स इयर ईज इट’ अर्थात यो कुन वर्ष हो भन्दै सामाजिक सञ्जाल ट्वीटरमा ह्वाट्सएपलाई ट्याग गर्दै जीआईएफ पोष्ट गरेको छ ।

ह्वाट्सएपले उपलब्ध गराएको उक्त फिचर टेलिग्रामले दुई वर्षअघिबाटै प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको थियो ।

आफ्ना प्रयोगकर्तामाझ पुरानो भइसकेको उक्त फिचर ह्वाट्सएपले हालै उपलब्ध गराएपछि ह्वाट्सएप कुन जमानामा छ भन्दै उक्त ट्रोल गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु