Information is intelligence
HomeShare Bazarनेप्से आज ४४ अङ्कले घट्दा यी हुन् सर्बाधिक कमाउने र गुमाउने कम्पनीहरु

नेप्से आज ४४ अङ्कले घट्दा यी हुन् सर्बाधिक कमाउने र गुमाउने कम्पनीहरु

- Advertisement -spot_img

आज मङ्गलवार फेरि नेप्से ४४ अङ्कले घटेको छ ।

अन्य र सामूहिक लगानी कोषबाहेक सबै समूहको शेयर ओरालो लागेपछि आज नेप्से ४४ दशमलव १८ अङ्कले घटेर २ हजार ९ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ७२, व्यापारको ५४ र जलविद्युत् समूहको शेयर ५१ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको ४९, माइक्रोफाइनान्सको एक सय ४६, जीवन बीमाको तीन सय दुई, निर्जीवन बीमा समूहको शेयर दुई सय ९० र उत्पादन समूहको शेयर एक सय ३३ अङ्कले घटेको छ ।

आज आरएमडीसी लघुवित्त र रुरु जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि सानीमा लाइफ इन्स्याेरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज २ सय २२ कम्पनीका एक करोड ५० लाख कित्ता शेयर ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ६१ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।   

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु:

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु