Information is intelligence
HomeSportsपोर्चुगलको सहज जित

पोर्चुगलको सहज जित

- Advertisement -spot_img

क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगलले विश्वकप फुटबलको युरोपियन क्षेत्रको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३–० ले पराजित गरेको हो । पोर्चुगलका लागि २६ औँ मिनेटमा बेर्नार्दो सिल्भा, ३१ औँ मिनेटमा आन्द्रे सिल्भा तथा ७५ औँ मिनेटमा जोताले गरे ।

रोनाल्डोले अन्तर्राष्ट्रिय जिम्मेवारीबाट चाँडो बिदा पाएका छन् । उनी अहिले परिवारसहित बिदा मनाइरहेका छन् ।

मंगलबार रातिको जितसँगै पोर्चुगल समूह ए को शीर्ष स्थानमा पुगेको छ । तर विश्वकपमा लागि सीधै छनौट हुने सम्भावना भने अझै निश्चित भएको छैन । पोर्चुगलको पाँच खेलबाट १३ अंक भएको छ ।

मंगलबार राति नै भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १–१ को बराबरीमा रोकेको सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकप छनौट अन्तर्गत मंगलबार राति भएका अरु खेलमा स्कटल्याण्डले अस्ट्रियालाई १–०, नेदरल्याण्ड्सले टर्कीलाई ६–१, क्रोएसियाले स्लोभेनियालाई ३–० तथा रुसले माल्टालाई २–० ले पराजित गरेका छन् । मोन्टेनेग्रो र लात्भियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु