Information is intelligence
HomeShare Bazarरु रु जलविद्युतको दुई आर्थिक वर्षको साधारण सभा असोज १६ गते हुदैैं

रु रु जलविद्युतको दुई आर्थिक वर्षको साधारण सभा असोज १६ गते हुदैैं

- Advertisement -spot_img

रु रु जलविद्युत परियोजनाले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक बोलाएको छ । कम्पनीले आगामी असोज १६ गते आव २०७६–७७ र २०७७–७८ को वार्षिक साधारण  गर्ने भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट करसहित १०.५२६ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शयर वितरण प्रस्ताव पारित गर्नेछ ।  यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश वितरणे गर्ने प्रस्ताव रहनेछ । 
 
साधारण  सभा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज हुने भएकाले असोज ६ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु