Information is intelligence
HomeShare Bazarशेयर बजार राताम्मे हुँदा यी हुन् सर्बाधिक कमाउने र गुमाउने कम्पनीहरु

शेयर बजार राताम्मे हुँदा यी हुन् सर्बाधिक कमाउने र गुमाउने कम्पनीहरु

- Advertisement -spot_img

शेयर बजार आज बुधवार पनि घटेको छ । नेप्से आज ६० दशमलव ०२ अङ्कले घटेर २ हजार ८ सय ७६ दशमलव ५९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर राताम्मे भएको छ । आज बैंकिङ समूहको शेयर ३२ अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको एक सय ५८, व्यापारको ८२, होटलको ६४, जलविद्युतको ५३, फाइनान्सको ९७ र माइक्रोफाइनान्स समूहको शेयर ६७ अङ्कले घटेको छ ।

साथै उत्पादन समूहको एक सय ८८, अन्यको ६३, जीवन बीमा समूहको चार सय २१ र निर्जीवन बीमा समूहको शेयर तीन सय २८ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि सानीमा लाइफ इन्स्याेरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

आज २ सय २५ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर ६ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु:

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु