Information is intelligence
HomeSportsराष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज

राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज

- Advertisement -spot_img

काठमाण्डाै –  नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज हुँदै छ । खेल दशरथ रंगशालामा बेलुकी पाँच बजे शुरु हुनेछ । मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।

खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ । दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपालले हङकङ र फिलिपिन्ससँग असोज २ र पाँच गते खेल्दैछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु