Information is intelligence
HomeSportsइटालीको अपराजित यात्रा कायमै

इटालीको अपराजित यात्रा कायमै

- Advertisement -spot_img

विश्वकपको युरोपियन छनोट अन्तर्गत बुधबारराति भएको खेलमा घरेलु टोली इटालीले लिथुनियामाथि ५–० को सहज जित हात पारेको छ । 

इटालीको जितमा मोइसे केनले २, जियाकोमो रास्पडोरी र जियोभानी डी लोरेन्जोले १–१ गोल गर्दा १ गोल उपहार स्वरुप प्राप्त भयो । 

खेलको ११औं मिनेटमा केनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । १४औँ मिनेटमा एडग्रेस अटेकुसको आत्मघाती गोलको मद्दतमा इटालीले अग्रता दोब्बर बनायो ।

२४औं मिनेटमा रास्पडोरियाले टोलीका लागि तेस्रो गोल गरे । २९औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीले पहिलो हाफमा ४–० को आरामदायी अग्रता बनायो ।

पहिलो हाफमा ४ गोल गरेको इटालीले दोस्रो हाफमा १ गोल थप्यो । ५४ औँ मिनेटा लोरेन्जोले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । 

जितसँगै इटाली ६ खेलबाट १४ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा रहँदा अंकविहीन लिथुनिया अन्तिममा छ । 

छनोट अन्तर्गत बुधबार नै भएका अन्य खेलमा हंगेरीले एन्डोरालाई २–१, अल्बानियाले सान मारिनोलाई ५–० र स्पेनले कोसोभोलाई २–० ले पराजित गरे ।

आर्मेनियाले लिचेस्टाइन र इंग्ल्यान्डले पोल्यान्डसँग समान १–१ को बराबरी खेल्दा स्विट्जरल्यान्डले उत्तरी आयरल्यान्डसँग गोलरहित बराबरी खेल्यो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु