Information is intelligence
HomeBreaking Newsएमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार आज नेपाल आउँदै

एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार आज नेपाल आउँदै

- Advertisement -spot_img

काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार बिहिबार नेपाल आउँदैछिन्। एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी बिहिबार नेपाल भ्रमणमा आउन लागेकी हुन् । उनी चार दिने भ्रमणको लागि कतारबाट काठमाडौँ आउने भएकी हुन् । 

उनी हालै एमसीसीको उपाध्यक्ष पदमा नियुक्ति भएकी थिइन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ । बुधबार एमसिसीले  ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्नेु भन्दै नेपाल सरकारलाई जवाफ फर्काएको थियो । 

एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि गिजोलिएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु