Information is intelligence
HomeInternationalतालिबान सरकार गठन भएको भोलिपल्टै चीनद्वारा अफगानिस्तानलाई दुई अर्ब सहयोगको घोषणा

तालिबान सरकार गठन भएको भोलिपल्टै चीनद्वारा अफगानिस्तानलाई दुई अर्ब सहयोगको घोषणा

- Advertisement -spot_img


चीनले अफगानिस्तानलाई २०० मिलियन युआन (करिब दुई अर्ब रुपैयाँ) को सहयोग गर्ने प्रतिज्ञा गरेको छ । जसमा खाद्य आपूर्ति र कोरोना भाइरसविरुद्धको भ्याक्सिन पनि समावेश गरिएको छ । 

चीनले पहिला नै तालिबान सरकारको साथमा सम्पर्क बनाइराख्न इच्छुक भएको जनाएको थियो । 

अफगानिस्तानमा तालिबानले अन्तरिम सरकारको गठन गरिसकेको छ । उता अमेरिकाले अफगानिस्तानको अन्तरिम सरकारलाई चाँडै मान्यता नदिने जनाउँदा यता चीन भने सहयोग गर्न आतुर भइसकेको छ । 

चीनका विदेशमन्त्री वांग यीले बुधबार अफगानिस्तानका छिमेकी राष्ट्र पाकिस्तान, इरान, ताजिकिस्तान, उज्बेकिस्तान र तुर्किमिनिस्तानका विदेशमन्त्रीको साथमा बसेको बैठकमा अफगानिस्तानलाई सहयोग गर्ने घोषणा गरेका थिए । यीले यी देशसँग अफगानिस्तानलाई सहयोग गर्नका लागि अनुरोध पनि गरेका छन्।

तालिबानका एक अधिकारीले पनि चीन अफगानिस्तानको महत्वपूर्ण सहयोगी भएको बताएका थिए । अफगानिस्तानले चीनसँग धेरै कुराको आशा राखेको छ । यता चीन पनि अफगानिस्तानसँग राम्रो सम्बन्ध बनाउन लागिपरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु