Information is intelligence
HomeNewsपुरानो बानेश्वरमा शंकास्पद वस्तु फेला

पुरानो बानेश्वरमा शंकास्पद वस्तु फेला

- Advertisement -spot_img

काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा उपचार केन्द्रको भवनमा बम राखिएको आशंका गरिएको छ। 

बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

यद्यपी बम हो वा होइन भन्ने पुष्टि भइनसकेको उनले बताए। 

‘बम भन्दा पनि भ्रम फैलाउन सामान राखिएको हुनसक्छ। नक्कली हो वा सक्कली भन्ने खुलिसकेको छैन,’ उनले भने, ‘हामी हेर्दैछौं। हामीले त्यो ठाउँलाई सुरक्षित बनाएका छौं।’

उक्त शंकास्पद बस्तु फाउन्डेसनको तेस्रो तलाको शौचालयमा राखिएको उनले बताए। डिस्पोजलको टोली पनि बोलाइएको छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु