Information is intelligence
HomeSportsमैत्रीपूर्ण फुटबल : बंगलादेशविरुद्ध नेपालको जित

मैत्रीपूर्ण फुटबल : बंगलादेशविरुद्ध नेपालको जित

- Advertisement -spot_img

नेपाल र बंगलादेशबीच भएको मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका लागी १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चाैधरीकाे पासमा गाेल गर्दै नेपाललाई अग्रता दिलाइन् । विमलाले उपलब्ध गराएकाे क्रसमा सबिताले पेनाल्टी एरिया भित्रबाट हेडर गाेल गरिन् ।

२३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुकाे पासमा गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर पारिन् । सरुले मैदानकाे मध्यभाग नजिकबाट उपलब्ध गराएकाे पासमा प्रितीले अफसाइड ट्रयाप बिट गर्दै गाेल गरेकी हुन् ।

बंगलादेशका लागि ताेहुरा खातुनले ८३ औं मिनेटमा सान्त्वना गाेल गरिन् ।

नेपालका लागि सिर्जना सिंहले ८१ औं मिनेटमा र रश्मी कुमारी घिसिङ ८६ औं मिनेटमा मैदान प्रवेश गरेर खेलमा डेब्यु गरे । नेपाल र बंगलादेशबीच दाेस्राे मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु