Information is intelligence
HomeShare Bazarतेह्रथुम पावरको आइपीओ आज बाँडफाँड हुने, यसरी हेर्नुहोस् नतिजा

तेह्रथुम पावरको आइपीओ आज बाँडफाँड हुने, यसरी हेर्नुहोस् नतिजा

- Advertisement -spot_img

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको तेह्रथुम पावर कम्पनी लिमिटेडले

आईपीओको नतिजा आज बाँडफाँड गर्ने भएको छ । आईपीओको मंगलबार  प्रिअलटमेन्ट सम्पन्न भैसकेको छ ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँड हुने छ । आज बिहान १० बजे बाँडफाँड गर्ने गरी तयारी भएको कम्पनीले जनाएको छ । 

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो । 

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका  सर्वसाधारणका लागि छुट्याएको थियो ।

रिजल्ट कसरी हेर्ने ?

आइपीओ बाँडफाँड सम्पन्न भएको केहि समय पछि iporesults.cdsc.com.np मा नतिजा हेर्न सकिन्छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु