Information is intelligence
HomeNewsएमसीसी उपाध्यक्षको टोलीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

एमसीसी उपाध्यक्षको टोलीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

- Advertisement -spot_img

काठमाडौं, भदौ २५ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली बिहीबार नेपाल आएसँगै राजनीतिक दौडधुप तीव्र पारेका छन् ।

नेपाल आएलगतै सुमारले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् । एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न चार दिने नेपाल भ्रमणमा आएकी उनीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछिन् ।

काठमाडौं आएलगतै फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनलकै निवास बालकोट पुगेर एमसीसीबारे धारणा बुझेकी छन् ।

बिहीबार नै एमसीसी उपाध्यक्ष फातिमाले नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग भेटेकी छन् । फातिमाले समाजवादी अध्यक्ष नेपालसँगको भेटमा पनि एमसीसी कार्यान्वयनका विषयमा सहयोग गर्न उनले आग्रह गरेकी थिईन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु