Information is intelligence
HomeShare Bazarनबिलमा लगानी गर्ने अवसर: १० करोड इकाईमा आजबाट आवेदन खुला, यसरी दिनुहोस...

नबिलमा लगानी गर्ने अवसर: १० करोड इकाईमा आजबाट आवेदन खुला, यसरी दिनुहोस आवेदन

- Advertisement -spot_img

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले भदौ २५ गतेदेखि नयाँ सामूहिक लगानीकोष (Mutual fund) ‘नबिल ब्यालेन्स फण्ड ३’ योजनाका लागि इकाई विक्री खुला गरेको छ । नबिल इन्भेष्टमेण्टले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स्ड फण्ड – ३ को इकाई विक्री गर्न लागेको हो । 

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम एक करोड इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आजबाट निष्कासन गरिने यो फण्डमा लगानीकर्ताले छिटोमा भदौ २९ गते र ढिलोमा असोज ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु