Information is intelligence
HomeSportsदोस्रो एकदिवसीयमा नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै

दोस्रो एकदिवसीयमा नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा शुक्रबार (आज) प्रतिस्पर्धा गर्दैछ ।

दिन र रातमा हुने यो खेल नेपाली समयअनुसार साँझ सवा ४ बजेदेखि ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने छ । नेपालले दिन र रातमा खेल्न लागेको यो पहिलो एकदिवसीय खेल हो ।

नेपाल यो खेलमा जित हात पार्दै सिरिजमाथि कब्जा जमाउने प्रयासमा हुनेछ । पपुवा न्युगिनी पनि जित हात पार्दै सिरिज बराबरी गर्ने दाउमा छ ।

सिरिजको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो ।

अहिले नेपाली टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि ओमानमा छ । 

उसले आयोजक ओमान र अमेरिकासँग सिरिज खेल्नेछ । त्यसैको तयारीस्वरुप नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलिरहेको हो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु