Information is intelligence
HomeInternationalयूएईले विदेशीलाई दिने भिसा प्रक्रिया सहज पार्‍यो

यूएईले विदेशीलाई दिने भिसा प्रक्रिया सहज पार्‍यो

- Advertisement -spot_img

यूनाइटेड अरब इमिरेट्स (यूएई) ले विदेशीलाई दिने भिसा प्रक्रिया सरल र सहज पारेको छ । त्यहाँ विदेशी कामदार तथा उच्चदक्ष जनशक्तिको आवश्यकता बढेपछि उक्त प्रक्रिया सहज पारेको हो । 

यूएईमा शुरू गर्न लागिएको ५० वटा नयाँ योजना ९प्रोजेक्ट  मा काम गर्ने विदेशी जनशक्तिको भिसासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको हो । उस्ले तोकिएका प्राजेक्टमा काम गर्न जानेहरूलाई प्रदान गर्ने भिसालाई ‘गोल्डेन भिसावाह’को श्रेणीमा राखेको छ । 

उनीहरूले स्थानीय स्पोन्सर बिना नै बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने छन् । नयाँ नियमले यूएईमा कारणबस जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा तीन महिनासम्म बस्न सकिने भएको छ । 

पहिले त्यस्तालाई एक महिना मात्र यूएईमा बस्न दिने व्यवस्था थियोे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु