Information is intelligence
HomeSportsह्याट्रिकसँगै मेस्सीले बनाए नयाँ कीर्तिमान

ह्याट्रिकसँगै मेस्सीले बनाए नयाँ कीर्तिमान

- Advertisement -spot_img

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले  ह्याट्रिकमा अर्जेन्टिनालाई  जित दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् । 

शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको तीन गोल मद्धतमा बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

मेस्सीले ब्राजिल पेलेको कीर्तिमान तोडेका हुन् । पेलेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए । पेलेको ७७ गोलको कीर्तिमान तोड्ने क्रममा मेस्सीले बोलिभियाविरुद्ध ७९ गोल गरेका थिए । मेस्सीलाई घरेलु दर्शकले समेत साथ दिएका थिए । 

मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो । जहाँ मेस्सी नयाँ कीर्तिमान कायम गर्न सफल भए । 

मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गाेल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा डिबक्स बाहिरबाट आकर्षक गोल गरे । दोस्रो गोल डिबक्स भित्र बोलिभियाका ४ डिफेन्सलाई बिट मार्दै गरेका थिए । तेस्रो गोल भने बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो । 

जितसँगै कतार बिश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएकाे हो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु