Information is intelligence
HomeShare Bazarतेह्रथुम पावरको आइपीओ बाँडफाँट सम्पन्न, रिजल्ट यसरी हेर्नुहोस्

तेह्रथुम पावरको आइपीओ बाँडफाँट सम्पन्न, रिजल्ट यसरी हेर्नुहोस्

- Advertisement -spot_img

तेह्रथुम पावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत कुल ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । तेह्रथुमको आइपीओमा कुल २३ लाख ५५ हजार ४४७ जनाले आवेदन दिएकामा ८ हजार ८२० जनाको आवेदन रद्द भएको छ ।

रितपूर्वक आवेदन दिएका २३ लाख ४६ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । तेह्रथुम पावरले भदौ ९ गतेदेखि १३ गतेसम्म कुल ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एन्आइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । आइपीओ नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु