Information is intelligence
HomeNewsकीर्तिपुरमा प्रधानमन्त्री,डा.बाबुराम र फातिमाको पुत्ला जल्यो

कीर्तिपुरमा प्रधानमन्त्री,डा.बाबुराम र फातिमाको पुत्ला जल्यो

- Advertisement -spot_img

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमसीसीको बिरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमसीसी उपाअध्यक्ष फातिमा सुमारको पुत्ला जलाइएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियु केन्द्रीय सदस्य प्रेम विश्वकर्माको नेतृत्वमा पुत्ला जलाइएको हो । उनीहरुले पुत्ला दहन गर्नुअघि र पछि गो ब्याक फातिमा,अमेरिकी साम्राज्यवाद मूर्दावाद,एमसीसी खारेज गरलगायत चर्को नारा लगाएका थिए ।

त्यसपछि तीन जनाको फोटो टाँसिएको पुत्लामा आगो झोसिएको बताइन्छ । विद्यार्थीहरुले त्यसो गरुन्जेल प्रहरी नपुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु