Information is intelligence
HomeEconomyसरकारी स्वामित्वको संस्थाहरुको पनि आईपीओ जारी गरिने

सरकारी स्वामित्वको संस्थाहरुको पनि आईपीओ जारी गरिने

- Advertisement -spot_img

सरकारले सार्वजनिक संस्थाहरुको पनि सर्वसाधारणहरुमा सेयर जारी गर्ने भएको छ । अर्थमन्त्री जनार्दन चालु आर्थिक बर्षको बजेटलाई अध्यादेश बजेटमार्फत प्रतिस्थापन गर्दै सार्वजनिक संस्थाहरुको आईपीओ ल्याउने बताएका हुन् ।

उनले पूर्ण सरकारी स्वामित्वका संस्थाको आईपीओ ल्याउनुका साथै घाटामा रहेका सार्वजनिक संस्थान संचालन तथा खारेजी गर्ने भएको छ । प्रतिस्थापन बजेट ल्याउँदै अर्थमन्त्री जनार्दन शर्माले सरकारले नै कम्पनी मोडलमा सार्वजनिक संस्थानहरु चलाउने बताएका हुन् । यसअघि सार्वजनिक संस्थानहरुलाई सरकारले निजीकरण गर्न खोजेको भन्दै तिव्र आलोचना भएको थियो ।

अर्थमन्त्री शर्माले यसअघिको आलोचनालाई चिर्दै सरकारी संस्थानहरु नाफा, घाटामा गएकाहरुको विस्तृत अध्ययन गरिने बताएका छन् । उनले अब सार्वजनिक संस्थानहरुको पूँजी वृद्धि गर्नका लागि सर्वसाधारणमा सेयर जारी गर्नेसमेत बताएका छन् ।

यसैगरी उनले पुँजी बजारलाई सर्वसाधारमैत्री बनाउन सोही अनुरुप नीति नियम बनाउने बताएका छन् । हाल पुँजी बजार सिमित व्यक्तिको मात्रै होल्डमा रहेको गुनासो बढेपछि उनले पुँजी बजारलाई सर्वसाधारण मैत्री बनाउने बताएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु