Information is intelligence
HomeSportsसिटीका महरेज ५६ दिनलाई प्रतिबन्ध

सिटीका महरेज ५६ दिनलाई प्रतिबन्ध

- Advertisement -spot_img

म्यानचेस्टर सिटीका विंगर रियाद महरेजले १२० को स्पिडमा गाडि हाँकेको पाइएपछि प्रतिबन्धमा परेका छन् । 

उनले १ लाख पाउण्ड पर्ने आरएस सिक्सको सिमित गति नियम तोडेको पाइएपछि २५ सय पाण्ड जरिवानाका साथै ५६ दिनका लागि गाडि चलाउन प्रतिबन्ध गरिएको छ । 

यसभन्दा अघि लेस्टर सिटीमा हुँदा पनि उनी सवारी कारबाहीमा परेका थिए । २०१६ मा उनी ६ महिनाको प्रतिबन्धमा परेका थिए । 

२०१९ मा पनि उनको बेन्टले एसयुभि कार म्यानचेस्टर बाहिर नो पार्किङमा राखिएको भेटिएको थियो भने अध्ययनले उनले सवारी कर नतिरेको खुलेपछि उनी कारबाहीमा परेका थिए । 

उनी २०१८ मा लेस्टर सिटीबाट म्यानचेस्टर सिटीमा अनुबन्ध भएका हुन् । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु