Information is intelligence
HomeNewsसंखुवासभा छजना हत्या प्रकरण : प्रहरी अनुसन्धान हत्याराको नजिक, भाेलि सार्वजनिक गर्ने...

संखुवासभा छजना हत्या प्रकरण : प्रहरी अनुसन्धान हत्याराको नजिक, भाेलि सार्वजनिक गर्ने तयारी

- Advertisement -spot_img

संखुवासभाको मादी नगरपालिका वडा नं। १ उम्लिङको खोला गाउँमा भएको सामुहिक हत्या प्रकरणमा घटनास्थलमा गरेको प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार घटनाको सुक्ष्म अनुसन्धान र छानबिनको क्रममा आशंका गरेका केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । प्रहरी उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा रहेको नेपाल प्रहरीको विभिन्न टोलीले घटनास्थलमा गरेको अनुसन्धान अन्तिम किनारामा पुगेपछि  भाेलि पत्रकार सम्मेलन मार्फत घटनाको विषयमा सार्वजनिक गरिने बुझिएकाे छ । घटना भएको छ दिनसम्म प्रहरीले गरेको अनुसन्धान करिब करिब अन्तिम चरणमा पुगेको जानकारी आफुलाई प्राप्त भएको मादी नगरपालिकाका प्रमुख वीरबहादुर लिङ्थेपले बताए । 

गत भदौ २१ गते सोमबार बिहान खोला गाउँका तेजबहादुर कार्कीको परिबारका छ जनाको हत्या भएको थियो । घरमा रहेका सात जना मध्ये ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल भेटिएका थिए । घटनामा बौद्धमानका छोरा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी श्रीमती ८० वर्षीया पार्वती कार्की, बुहारी ५६ वर्षीया मनमाया ९कमला० कार्की, नातिनी बुहारी २८ वर्षीया रञ्जना कार्की, पनाती १० वर्षीय दिपेन कार्की र पनातीनी ५ वर्षीया गोमा कार्की मृत अवस्थामा भेटिएको थियो ।

सो घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बिसीसहित संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक दाहाल, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रनाउ रुगम बहादुर कुँवर लगायत प्रदेश प्रहरी कार्यालयस्थित रिजनल इनभेष्टिगेसन टिम, संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टालीले घटनाको अनुसन्धानलाई अगाडि बढाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु