Information is intelligence
HomeSportsमेस्सी, नेयमार र एमबाप्पेले आजको खेल गुमाउने, कारण के ?

मेस्सी, नेयमार र एमबाप्पेले आजको खेल गुमाउने, कारण के ?

- Advertisement -spot_img

दक्षिण अमेरिकाको विश्वकप छनोटका खेलमा सहभागी नेयमार र मेस्सीले शुक्रबार मात्रै आफ्नो अन्तर्राष्ट्रिय ड्युटी पुरा गरेका छन् । उनीहरु पेरिस पुग्दा ३६ घन्टाको मात्रै समय सीमा पार हुनेछ । फिफाको नियमअनुसार अर्काे खेल खेल्नको लागि कम्तीमा पनि ४८ घन्टाको समय पार गरेको हुनुपर्नेछ ।

यता विश्वकप छनोट दौरान फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पेले चोट बोक्न पुगेका थिए । एमबाप्पेले भने चोटका कारण खेल्नेमा शंका छ । यसर्थ मेस्सीले पीएसजीको घरेलु मैदानमा डेब्युको लागि पर्खनुपर्ने भएको छ ।

मेस्सीले गत साता रेइम्सविरुद्धको खेलबाट पीएसजीको लागि डेब्यु गरेका थिए । पीएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले आफ्नो मुख्य फरवार्डत्रयविनै खेल्नुपर्ने अवस्था आउने सम्भावना छ ।

यि तीनै फरवार्डले १६ सेप्टेम्वरमा हुने च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा क्लब ब्रुगविरुद्धको खेलमा उपलब्ध हुने सम्भावना छ । च्याम्पियन्स लिगको खेल क्लब ब्रुगको मैदानमा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु