Information is intelligence
HomeSportsइंग्लिस प्रिमियर लिगमा आज ८ खेल हुँदै , रोनाल्डोले युनाइटेडमा दोस्रो डेब्यु...

इंग्लिस प्रिमियर लिगमा आज ८ खेल हुँदै , रोनाल्डोले युनाइटेडमा दोस्रो डेब्यु खेल खेल्ने

- Advertisement -spot_img

अन्तर्राष्ट्रिय ब्रेकपछि युरोपको शीर्ष क्लब फुटबल आज (शनिबार) देखि पुन सुचारु हुँदैछ । इंग्लिस प्रिमियर लिगमा आज राति लिगको चौथो राउन्डको विभिन्न ८ खेल प्रतिस्पर्धा हुनेछ ।

शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले क्रिस्टल प्यालेससँग साँझ ५:१५ बजे प्रतिस्पर्धा गर्दैछ । टोटेनहम लगातार चौथो जितको खोजीमा रहँदा क्रिस्टल प्यालेस पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ । टोटेनहमले यसअघि लिग च्याम्पियन म्यानचेस्टर सिटी, वल्भ्स र वाटफर्डलाई समान १–० ले पराजित गरेको थियो । क्रिस्टल प्यालेसले चेल्सीसँग ३–० को हार बेहोर्दा ब्रेन्टफर्ड र वेस्ट ह्यामसँग बराबरी खेलेको थियो ।

खराव लयमा रहेको आर्सनलले घरेलु मैदानमा नर्विच सिटीको आतिथ्यता गर्दैछ । आर्सनल पहिलो जित निकाल्दै आफ्नो पुरानो लयमा फर्कने योजनामा हुनेछ । नर्विच पनि पहिलो जितको खोजीमा रहनेछ । आर्सनलले सुरुवाती तीन खेलमा ब्रेन्टफर्ड र चेल्सीसँग समान २–० को हार बेहोर्दा म्यानचेस्टर सिटीसँग ५–० को फराकिलो हार बेहोरेको थियो ।

अपराजित ब्रेन्टफर्डले ब्राइटनसँग खेल्दा लेस्टर सिटीले घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यसै खेलमार्फत पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रो डेब्यु खेल खेल्ने पक्का छ ।

साउथह्याम्टन र वेस्टह्याम तथा वाटफर्ड र वल्भ्सबीचको खेल पनि आज राति नै हुदैछ । गत सिजनको च्याम्पियन्स लिग च्याम्पियन चेल्सीले एस्टन भिल्लासँग राति १०:१५ बजे प्रतिस्पर्धा गर्दैछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु