Information is intelligence
HomeNewsसंखुवासभा छजना हत्या प्रकरण : एक युवक पक्राउ

संखुवासभा छजना हत्या प्रकरण : एक युवक पक्राउ

- Advertisement -spot_img

मादी नगरपालिका-१ उमलिङको खोलागाउँमा २१ भदौमा एकै परिवारका ६ जनाको हत्या गरिएको थियो। उनीहरूको हत्या आरोपमा प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ परेका युवक छिमेकी रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ। उनलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

हत्यामा प्रयोग भएको रड घर नजिकै भेटिएपछि प्रहरीले युवकलाई निगरानीमा राखेको थियो। उनको घरभित्र रगत लागेको सर्ट पनि भेटिएको प्रहरीको भनाइ छ।

त्यही आधारमा उनलाई पक्राउ गरिएको संघीय एकाइ प्रहरी कार्यालय, धरानका एसपी भीमबहादुर दाहालले जानकारी दिए। संघीय एकाइकै प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ।

यो घटनाको अनुसन्धान गर्न प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी घटनास्थलमै छन्। त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र संघीय एकाइ प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धान खटिएको छ।

गएकाे २१ भदौ राति मादी नगरपालिका-१ का बुद्धमान कार्की, उनकी आमा पार्वती, छोरा तेजबहादुर, बुहारीहरू कमला र रञ्जना, नाति विपिन र नातिनी गोमाको हत्या गरिएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु