Information is intelligence
HomeSportsयू २३ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४८ जना खेलाडी, को...

यू २३ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४८ जना खेलाडी, को को छन् ?

- Advertisement -spot_img

प्रशिक्षक बालगोपाल महर्जनले नेपाली यू २३ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ४८ जना खेलाडीलाई बोलाएका छन्। अक्टोबर २५ देखि ३१ सम्म हुने एएफसी यू २३ एसियन कप क्वालिफायर्सको तयारीका लागि ४८ जना खेलाडी बोलाइएको हो।

बोलाइएका मध्ये सात जना खेलाडी सिनियर टिममा छन्। उनीहरु साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा छन्।

क्वालिफायर्समा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा इरान, लेबनान र ताजकिस्तान रहेका छन्। नेपालले पहिलो म्याच इरानविरुद्ध अक्टोबर २५ मा खेल्नेछ भने दोस्रो म्याच आयोजक ताजकिस्तानविरुद्ध अक्टोबर २८ मा खेल्नेछ। त्यस्तै अन्तिम खेल अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ।

राष्ट्रिय टोलीका प्रशिक्षकका रुपमा यसअघि नेपालमा सम्पन्न थ्री नेशन्स कपमा उपाधि दिलाएका महर्जनलाई एएफसी यू २३ एसियन कप क्वालिफायर्सका लागि एन्फाले भदौ २२ मा मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

बन्द प्रशिक्षणमा बोलाइएका ४८ खेलाडी

गोलकिपर: अर्पण कार्की, विशाल सुनार, अभिशेक बराल, पुजन होना, एन्जल श्रेष्ठ, सूर्य अधिकारी, विष्णु केसी, आकाश रानाभाट, रोहित कार्की

डिफेन्डर: सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुषाल, रन्दिप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बू, पृथ्वी चौधरी, आदिल हमिद, योगेश गुरुङ, रोशन डोङ , सोनित दाहाल

मिडफिल्डर: नितिन थापा, सुरज जिउ ठकुरी, आयुस घलान, शेशेहाङ आङदाम्बे, जय गुरुङ, अशोक थापा मगर, दीपेश गुरुङ, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, रुमेश बर्तौला, आकाश बुढामगर, निरन्जन महर्जन, दीपेश आले मगर, रजत तिवारी, रोशन राना मगर, एरिक विष्ट

फर्वाड: मनिष डाँगी, अभिषेक रिजाल, राजेश परियार, दर्शन गुरुङ, प्रिजेन तामाङ, दिनेश हेम्जन, रेजिन सुब्बा, बुद्ध बल तामाङ, कैलाश लामिछाने

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु