Information is intelligence
HomeSportsडेब्यु खेलमै रोनाल्डोको दुई गोल, म्यानचेस्टरको सानदार जित

डेब्यु खेलमै रोनाल्डोको दुई गोल, म्यानचेस्टरको सानदार जित

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडमाथि सानदार जित निकालेको छ । शनिबार साँझ भएको खेलमा म्यानचेस्टरले न्युकासललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टरलाई सानदार जित दिलाउनको लागि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गरे । ब्रुनो फर्नान्डेस र जेसे लिंगार्डले एक–एक गोल थपे । न्युकासलको लागि जाभिएर मान्किलोले एक गोल फर्काए ।

पहिलो हाफमो इन्जुरी सयमा गोल गर्दै म्यानचेस्टरलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा मान्किलोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

६२ औँ मिनेटमा रोनाल्डोले नै गोल गर्दै म्यानचेस्टरलाई पुन अग्रता दिलाए । ८० औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै म्यानचेस्टरलाई ३–१ को अग्रता दिलाए भने इन्ज्युरी समयको दोस्रो मिनेटमा लिंगार्डले सुन्दर गोल गर्दै म्यानचेस्टरलाई सानदार जित दिलाए ।

यस जितसँगै म्यानचेस्टर युनाइटेड ४ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । न्युकासल भने ४ खेलमा जम्मा १ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु