Information is intelligence
HomeFoodखाने तेलकाे मूल्यमा वृद्धि

खाने तेलकाे मूल्यमा वृद्धि

- Advertisement -spot_img

गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ । जेठ अन्तिमतिर कार्टुनमा केही सयले घटाइएको तेलको मूल्य झण्डै १० दिन बीचमा प्रतिलिटरमा १० देखि ३५ रुपैयाँसम्मले बढ्यो । करिब दुई साता चुप बसेका तेल व्यापारीले फेरि तेलको भाउ प्रतिलिटर १० रुपैयाँले वृद्धि हुनेगरी कार्टुनमा पुनः एक सय रुपैयाँले बढाए ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार साउन २३ देखि भदौ २१ सम्मको एक महिनामा तेलको मूल्य लिटरमा ४५ रुपैयाँ र कार्टुनमा ४५० रुपैयाँले बढेको छ । जसअनुसार दुई साता अघि प्रतिकार्टुन दुई हजार तीन सय रुपैयाँमा पाइने फेमिली, अमृत, सुनौलो किरण लगायत ब्राण्डका तेलको मूल्य दुई हजार तीन सय रुपैयाँ पुगेको छ ।

सनफ्लो नामक तेलको प्रतिकार्टुन मूल्य २४ सयबाट बेढेर २५ सय रुपैयाँ पुर्‍याइएको छ भने धारा हेल्थको मूल्य २८ सयबाट बढाएर २९ सय रुपैयाँ प्रतिकार्टुन पुर्‍याइएको संघले जनाएको छ । ‘ठीक १२ दिनमा तेलको मूल्य फेरि बढेर आयो, अहिले लिटरमा १० रुपैयाँ मूल्य बढेको छ,’ असनमा किराना पसल चलाउने संघका सदस्य कबिन्द्र श्रेष्ठले अनलाइनखबरसँग भने । महँगिएका कारण धारा नामक तेल बिक्री गर्नै नसकिएको उनले बताए ।
नेपालमा एक वर्षमा मूल्य दोब्बरले वृद्धि हुँदा भारततर्फ खाने तेलको निकासी भने अर्बौंको रहेको भन्सार विभागको विवरणमा देखिएको छ। ‘एक वर्षमा तेलको मूल्य दोब्बर भएको छ, उपभोक्तालाई हरेक साता मूल्य बढ्यो भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो,’ श्रेष्ठले भने । गत वर्ष भदौंमा प्रतिलिटर १२० देखि १३० रुपैयाँ अधिकतममा बिक्री गरेका सबै प्रकारका तेलको मूल्य अहिले २४० रुपैयाँ भन्दा माथि रहेको उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु