Information is intelligence
HomeShare Bazarनेप्सेमा हरियाली फिर्ता; ७१ अंकले बढ्दा, यी हुन् सबै भन्दा धेरै कमाउने...

नेप्सेमा हरियाली फिर्ता; ७१ अंकले बढ्दा, यी हुन् सबै भन्दा धेरै कमाउने र गुमाउने कम्पनि

- Advertisement -spot_img

लगातारको करेक्सनपछि साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजारमा सकारात्मक सुधार देखिएको छ । राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक पछि बजार निरन्तर जस्तै ओरालो लागदै आएको थियो । तर आइतबार भने बजारमा हरियाली छाएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७१.४१ अंकले बढेर २९४७.४२ अंकमा बन्द भएको छ । यसअघि भदौ २१ गते सोमबारका दिन पनि बजार १६२ अंकले बढेको थियो । गत बिहीबार सेयर बजार स्थिर रहेको थियो ।

आइतबार दिनभरिमा २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता सेयर ९६ हजार ५९१ पटक किनबेच हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु