Information is intelligence
HomeShare Bazarहरियाली नेप्से : १० कम्पनिको सेयर मूल्य १०% वृद्धि हुँदा १४ वटाको...

हरियाली नेप्से : १० कम्पनिको सेयर मूल्य १०% वृद्धि हुँदा १४ वटाको शेयर मुल्यमा सकारात्मक सर्किट

- Advertisement -spot_img

साताको पहिलो दिन आइतवार शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दूमा कायम भएको छ । आइतवार २३१ कम्पनीका ९६ हजार ५ सय ९१ कित्ता शेयर कारोबार हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबार १४ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । फर्स्ट माइक्रोफाइनान्स कम्पनीको पनि १० प्रतिशतले नै शेयर मुल्य बढेको छ ।

त्यसैगरी आइतबार सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका छन् ।

रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु