Information is intelligence
HomeShare Bazarमानुषी लघुवित्तको आईपीओ नेप्सेमा कहिले हुन्छ सूचिकृत ?, यसो भन्छ क्यापिटल

मानुषी लघुवित्तको आईपीओ नेप्सेमा कहिले हुन्छ सूचिकृत ?, यसो भन्छ क्यापिटल

- Advertisement -spot_img

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेप्सेमा कहिले सूचिकृत हाेला, अहिले सम्म सुचिकृत नहुन पछाडीको कारणके होला, भन्ने जिज्ञासा लगानीकर्ताहरूमा निकै बढेको देखिन्छ। अघिल्लो साता कम्पनिको सेयर बिक्रि प्रबन्धक मार्फत प्राप्त जानकारी अनुसार यो साता भित्र सूचीकरण हुने जानकारी प्राप्त भएको थियो । सूचीकरण सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपनि लघुवित्तको सिईओ काठमाडौं बाहिर रहेकोले शेयर सूचीकणमा ढिलाई भैरहेको बिक्री प्रबन्धक एसविआई मर्चेन्ट क्यापिटलले जनाएको हो ।

यस सम्बन्धि पछिल्लो अपडेटका बारे प्राप्त जानकारी अनुसार आईपीओ सूचीकरणका लागि हालसम्म प्रक्रिया चलिरहेकाे छ । क्यापिटलका अनुसार एक साताभित्र सूचिकृत सम्पन्न गरी काराेबार सुरू गर्ने तयारी गरिएकाे छ । अहिले कम्पनीबाट लिनुपर्ने जानकारीहरू लिइरहेकाे त्यसपश्चात सीडीएससीमा बुझाएर नेप्सेमा सूचिकृत गर्ने क्यापिटलले बताएकाे छ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३९८ रुपैयाँ ०७ पैसा हुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु