Information is intelligence
HomeSportsबेन्जेमाको उत्कृष्ट ह्याट्रिकमा रियलको फराकिलो जित

बेन्जेमाको उत्कृष्ट ह्याट्रिकमा रियलको फराकिलो जित

- Advertisement -spot_img

काठमाडौँ- स्ट्राइकर करिम बेन्जेमाको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले फराकिलो जित निकालेको छ ।

आइतबार रातिको खेलमा रियलले स्ट्राइकर बेन्जेमाको ह्याट्रिकमा सेल्टा भिगोलाई पराजित गरेको हो । आफ्नो घरेलु मैदानमा ५६० दिन पछि फर्किएको रियलले ५–२ को जीत हासिल गरेको हो ।

सान्टी मिनाले पाहुना टोलीलाई खेलको शुरुवातमा नै अग्रता दिलाए पनि बेन्जेमाले बराबरी गोल फर्काएका थिए । फेरि फ्रान्को कर्भीले सेल्टालाई अग्रता दिलाए भने बन्जेमाले पुनः खेल बराबरी गरे ।

भिनिसियस जुनियरले रियलका लागि तेस्रो गोल गरे भने युवा खेलाडी एडवार्डो कामाभिङ्गाले डेब्यूको छैटौँ मिनेटमा गोल गरे । ८७ औँ मिनेटमा गोल गर्दै बेन्जेमाले आफ्नो ह्याट्रिक पूरा गरे । जीतसँगै कार्लो एन्चेलोटीको टोली ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

रियलले सन् २०२० को मार्च १ पछि सान्टिायागो बर्नेबेउमा पहिलो खेल खेलेको हो । त्यतिबेला रियलले बार्सिलोनालाई एलक्लासिकोमा हराएको थियो । पहिलो खेलमा ३० हजार समर्थकहरुलाई मैदान प्रवेश गर्न अनुमति दिइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु