Information is intelligence
HomeSportsआईसीसी विश्वकप क्रिकेट लिग: नेपाल र अमेरिका भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग: नेपाल र अमेरिका भिड्दै

- Advertisement -spot_img

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आज (सोमबार)देखि सुरु हुँदै छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज सिरिजको पहिलो खेल अमेरिकाविरुद्ध खेल्दै छ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

लिग–२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा अमेरिकासँग खेलेको दुबै खेल जितेको थियो।

सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु