Information is intelligence
HomeSportsलिभरपुलको लिड्स युनाइटेड माथि सहज जित

लिभरपुलको लिड्स युनाइटेड माथि सहज जित

- Advertisement -spot_img

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

आइतबार राती सम्पन्न खेलमा लिभरपुलले लिड्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह, फाबिन्हो र साडियो मानेले एक एक गोल गरेका थिए ।

यस खेलमा पास्कल स्ट्रूजकले खेलको ६०औ मिनेटमा रातो कार्ड पाएपछि लिड्स युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

यो सँगै लिभरपुलले यस सिजनमा खेलेका चार खेलमा तीन जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ । लिभरपुलको ४ खेलमा १० अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै लिड्स युनाइटेडको ४ खेलमा केबल २ अंक रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु