Information is intelligence
HomeShare Bazar२ कम्पनीकाे सेयर लिलामीमा, यसरी दिनुहोस आवेदन ?

२ कम्पनीकाे सेयर लिलामीमा, यसरी दिनुहोस आवेदन ?

- Advertisement -spot_img

ज्याेति विकास बैंक लिमिटेड र प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयर भाेलि (भदाै २९ गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिने भएकाे छ ।

ज्याेतिको २९ हजार २ सय ५० कित्ता र प्रभु इन्स्याेरेन्सकाे ६ हजार ३६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएकाे हाे । ज्याेति विकास बैंककाे न्यूनतम मूल्य १४५ रूपैयाँ र प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले दुवै कम्पनीकाे सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु