Information is intelligence
HomePoliticsसंसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक राख्दै

संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक राख्दै

- Advertisement -spot_img

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलका लागि बोलाएका छन्। उनले सोमबार दिउँसो २ : ३० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय छलफल बोलाएका हुन्।

सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ।

छलफलमा प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्कमल दाहाल प्रचण्डलाई सभामुखले बोलाए छन्। त्यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवलगायत संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेतालाई बोलाइएको छ।

प्रतिनिधिसभाको जारी ९औँ अधिवेशनको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्दै आइरहेको छ।

अवरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक संसद्मा पेश गरेका छन्। त्यसलाई भदौ ३० गतेसम्ममा पास गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु