Information is intelligence
HomeJobsरोजगारीमा इजरेल जान एक हजारको कोटामा सात हजारको भाषा परीक्षा हुँदै

रोजगारीमा इजरेल जान एक हजारको कोटामा सात हजारको भाषा परीक्षा हुँदै

- Advertisement -spot_img

काठमाडौं । इजरेल रोजगारीमा जान चाहने नेपालीहरुको लागि भाषा परीक्षा सोमबार हुँदैछ । इजरेलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरेको छ । जस अनुसार सोमबार भाषा परीक्षा हुन लागेको हो ।

जसका कारण एक हजारको कोटा भए पनि सात हजारले परीक्षा दिन लागेका छन् । जसमा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

परीक्षाका लागि नौ हजारले आवेदन दिएका थिए । तर दुई हजार आवेदन मापदण्ड नपुगेको भन्दै अस्वीकृत भएका थिए । 

भाषा परीक्षाका लागि काठमाडौका ११ स्थानमा परीक्षा केन्द्र तोकिएको छ । सोमबार दिउँसो १ बजे भाषा परीक्षा शुरु हुनेछ । भाषा परीक्षा शुरु हुनु तीन घन्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । 

विभागले भाषा परीक्षाको नतिजा दुई दिनभित्रै कम्युटरको माध्यमबाट परीक्षण गरी सार्वजनिक गर्ने बताएको छ ।

भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने छ । 

वैदेशिक रोजगारीका लागि नेपाली कामदारको रोजाइमा इजरेल आकर्षक मुलुकमा पर्ने गर्दछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु