Information is intelligence
HomeNews५७ औं राष्ट्रिय बाल अधिकार दिवस सम्बन्धी छलफल

५७ औं राष्ट्रिय बाल अधिकार दिवस सम्बन्धी छलफल

- Advertisement -spot_img

शर्मिला विश्वकर्मा, काठमाण्डौं |”सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नारासहित ५७ औं राष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रम सहित मनाइने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदद्वारा आइतवार राजधानीमा ‘राष्ट्रिय बाल अधिकार दिवस’ को सन्दर्भमा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव याम कुमारी खतिवडाले बालबालिकामा गरेको लगानीले महिला हिंसा न्युनिकरणमा सहयोग पुग्ने बताइन साथै उनले विकास, निर्माणको काम विशेष गरी सडक तथा भौतिक निर्माणमा मात्र बजेट छुट्याउने र महिला र बालबालिकाका लागि बजेट खर्च नगर्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने कुरामा पनि जोड दिइकी थिइन ।

सो छलफल कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको हित, अधिकार र संरक्षणको पाटोबाट भएका कामको विषयमा चर्चा गर्दै परिषद्ले बालबालिकालाई कोभिड–१९ बाट बनाइएको प्रचार सामग्रीमा २ लाख ६० हजार बालबालिकाको पहुँच पुगेको भन्दै कोभिड–१९ को कारण अभिभावक विहिन भएका ३० वटा स्थानिय तहबाट २ सय २ जना बालबालिकाको संरक्षण प्रक्रिया सुरू भएको बताए । साथै स्थानिय तहमा बालबालिका सम्बन्धि ऐनको कार्यान्वयनको लागि जिल्ला स्तरीय अनुशिक्षण, रग्वी एसोशियसनसँगको समन्वयमा सडकबाट उद्धार गरिएका ४० जना बालबालिकालाई रग्वी प्रशिक्षण कार्यक्रममा सुरूवात गर्ने, कोरोना महामारीमा भर्चुअल माध्यमबाट पनि छलफल जारी रहेको उनको भनाई छ । यसै गरी ४ सय ५७ वटा बालगृहमा रहेका ११ हजार ३ सय ३२ जना बालबालिकाको अवस्थाकाअनुगमन सहित आवश्यक सहयोग लागि परिषद्ले समन्वय गरेको कुरा पनि उक्त छलफलमा जानकारी गराईएको थियो ।

त्यसै गरी राष्ट्रिय बालअधिकार दिवसको सन्दर्भमा बाल अधिकार सम्वन्धी भिडियो प्रतियोगिताको आयोजना गरिने, उत्कृष्ट भिडियो मध्ये प्रथम स्थान हासिल गर्नेलाई रु २५ हजार रूपैयाँ, द्वितिय स्थान हासिल गर्नेलाई रु २० हजार रूपियाँ र तृतीय स्थान हासिल गर्नेलाई रु १५ हजार रूपैया नगद पुरस्कार पनि प्रदान गरिने कुरा सो छलफल कार्यक्रममा जानकारी गराइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु