Information is intelligence
HomeEducationकक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षा असोज १३ गतेदेखि हुने (समय...

कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षा असोज १३ गतेदेखि हुने (समय तालिका सहित)

- Advertisement -spot_img

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा सञ्चालन हुने कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी असोज १३ गते देखि सञ्चालन गर्ने भएको छ ।

बोर्डले साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७६ वा सोभन्दा कम र ७० वा सोभन्दा बढी भएका) को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

बोर्डले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी परीक्षा कार्यक्रम सञ्चालन गर्ने एक सूचना जारी गरी जानकारी दिएको छ ।

यो परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ । परीक्षाको समयमा कुनै आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित नहुने सो सूचनामा उल्लेख गरिएको छ ।

परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वरा भौचर, बैक नगदी किताब, लगायतका सामग्रीहरु परीक्षार्थी स्वयम्ले लानुपर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु