Information is intelligence
HomeSportsअमेरिकाद्वारा नेपाललाई २३१ रनको विजयी लक्ष्य

अमेरिकाद्वारा नेपाललाई २३१ रनको विजयी लक्ष्य

- Advertisement -spot_img

काठमाडौँ– आईसिसी वर्ल्ड कप लिग-२ अन्तर्गतको त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा अमेरिकाले नेपाललाई २३१ रनको लक्ष्य दिएको छ।

ओमानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले मोनाङ्क पटेलको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३० रन बनाएको हो।

११४ बलको सामना गरेका पटेलले ९ चौका र एक छक्काको मद्दतमा १०० रन बनाए। यस्तै निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६ र स्टेभन टेलरले १४ रन जोडे।

बलिङतर्फ नेपालका बिक्रम सोब, सन्दीप लामिछाने र सुशान भारीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु