Information is intelligence
Homehoroscopeआजको राशिफल - भाद्र २९ गते मंगलबार

आजको राशिफल – भाद्र २९ गते मंगलबार

- Advertisement -spot_img

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिनेछ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

राम्रोरनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । यात्राको सम्भावना छ । पतिपत्नी वा प्रेमीरप्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । 

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिकरसांस्कृतिक गतिविधिमा संलग्न हुने दिन हो । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइने छ । ठूलाबडाको साथसहयोग पाइने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु