Information is intelligence
HomeShare Bazarछुट्ला है! नबिल ब्यालेन्स्ड फण्ड - ३ को इकाईका लागि आवेदन दिने...

छुट्ला है! नबिल ब्यालेन्स्ड फण्ड – ३ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

- Advertisement -spot_img

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले भदौ २५ गतेदेखि नयाँ सामूहिक लगानीकोष (Mutual fund) ‘नबिल ब्यालेन्स फण्ड ३’ योजनाका लागि इकाई विक्री खुला गरेको थियो । नबिल इन्भेष्टमेण्टले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स्ड फण्ड – ३ को इकाई विक्री खुला गरिएको हो । 

लगानीकर्ताले यो फण्डमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम एक करोड इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु